गाईको पुच्छरमा बेरिएर बालकको मृत्यु

उदयपुर । गाईको पुच्छरमा बेरिएर उदयपुरमा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षीय आयुष मगर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो।

गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अवस्थामा गाईले घिसार्दा ज्यान गएको हुन सक्ने प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

बालक शनिबार साथीहरुसँग गोठालो गएका थिए । त्यही बेला उनका एक साथीले आयुषको कम्मरमा डोरीले कसेर गाईको पुच्छरमा बाँधिदिएको भनिएको छ । पुच्छरमा बाँधिदिएपछि गाई तर्सेर भाग्दा बालकको घिसारिएर ज्यान गएको हो।

घटनामा ज्यान गुमाएका बालकको शव आइतबार कानुनी प्रकृया पूरा गरी परिवारलाई जिम्मा लगाएको छ भने घटना गराउने अर्का बालकलाई आवश्यक अनुसन्धानको लागि गाईघाटबाट आइतबार म्याद थप गरी कटारी ल्याइएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो।

More News last news
Loading...