मुम्बई । बलिउडमा कलाकारहरु राजनीतिमा धमाधम प्रवेश गर्ने लहर चलिरहेको छ। भारतीय जनता पार्टीमा कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका केही मन्त्रीहरुको नाम आउँने गरेको छ।
यो बिचमा बलिउडमा दबंग सलमान खान पनि राजनीतिमा आउँने चर्चा सुरु भएको छ। उनले चर्चा यतिकै भने चलेको होइन्। सलमान खानको पारिवारी पृष्ठभुमि पनि राजनीतिक भएको धेरैको बुझाई रहेको छ।
उनलाई कांग्रेस पार्टीले टिकट दिने विषय बाहिर सार्वजनिक भएपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना देखिएको छ । पछिल्ला दिनहरुमा बक्स अफिसमा उनका चलचित्रहरुले खास कमाइ गर्न नसकेको अवस्था रहेको छ।
केही समय पहिले मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले एक सार्वजनिक कार्यक्रममा सलमान खानको नाम लिएर उनलाई टिकट दिने तयारी रहेको बताएका थिए । अहिले सलमान खान मध्य प्रदेशको पर्यटनको ब्राण्ड एम्बेस्डर बनाइएका छन्।
अहिले उनलाई काँग्रेसले इन्दोरबाट नै चुनाव लड्ने सम्भावना रहेको चर्चा गरिँदै आइएको छ। यदि यस्तो भयो भने उनको प्रतिस्पर्धा भाजपाकी नेता तथा वर्तमान लोकसभाकी सभामुख सुमित्रा महाजनसँग हुनसक्ने छ। सुमित्रा महाजन लगातार ९ पटक सम्म सांसद बनिसकेकी नेतृ हुन्। – एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
