बिराटनगर, प्रदेश १ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशस्तरी वृहत्त कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
उक्त भेलालाई पार्टीका अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा र नेता सुनिल थापा लगाएतका नेताहरुले कार्यक्रमलाई विशेष सम्वोधन गरेका छन्।

कार्र्यक्रममा नेताहरुले गणतन्त्रले देशमा विकास हुन नसकेको भन्दै हिन्दू राष्ट्र र राजतन्त्रले मात्रै देशमा शान्ति आउने बताएका छन्।
उक्त कार्यक्रममा प्रदेश नम्बर १ का १४ वटा जिल्लाबाट हजार जनाभन्दा बढी नेता कार्यकर्ताहरु सहभागी भएको राप्रविसंघ संयुक्तका वरिष्ठ उपाध्यक्ष रविन थापाले नयाँ पुस्तालाई बताए।

डा. लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र पशुपति राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच गत मंसिर १८ गते पार्टी एकता भई राप्रपा संयुक्त गठन भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
