विमानस्थलमा बेवारिसे भेटिएका ४ लगेज खोलेर हेर्दा उड्यो सुरक्षाकर्मीकै होस्

काठमाडौँ । फिलिपिन्सको ‌प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय वटाभन्दा बढी कछुवा फेला पारेको बताएका छन्।

चारवटा बेवारिसे लगेजमा रहेका ती कछुवाहरू यदि बजारमा विक्रि गरिएका भए तिनीहरूको मूल्य झण्डै ८७ हजार अमेरिकी डलर जति हुन्थ्यो।

Advertisement

प्रहरीको विश्वासमा अवैध रूपमा कछुवा बोकेर ल्याउनेहरूले वन्यजन्तुको गैरकानुनी कारोबारका दोषीले कडा दण्ड सजाय भोग्नुपर्ला भन्ने डरले तस्करहरूले ती कछुवाहरू राखिएको झोला त्यतिकै छाडेर भागेको हुनुपर्छ।

ती तस्करहरू पक्राउ परेमा तिनीहरूले दुई वर्षको जेल सजाय भोग्नुका साथै र दुई लाख फिलिपीनी पेसो जरिवाना तिर्नुपर्ने हुनसक्छ।

रातो सूची
आइतवार मनिलाको निनोइ अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चारवटा बेवारिसे झोलामा विभिन्न प्रजातिका ती १५२९ वटा कछुवाहरू फेला पारिएको थियो।

तिनमा सुल्काटा टर्टोइसेस् प्रजातिको कछुवा पनि छ जसलाई आइयुसिएनले लोपोन्मुख जीवजन्तुको रातो सूचीमा राखेको छ।

फिलिपिन्सको भन्सार ब्यूरोले जनाए अनुसार ती कछुवाहरू हंगकंगबाट आएका एकजना फिलिपिनो यात्रुले छाडेर गएका हुन्। ती कछुवाहरूलाई देशको वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तान्तरण ‌गरिएको छ।

एशियाका विभिन्न देशमा कछुवालाई घरमा पाल्ने गरिन्छ भने कतै कतै परम्परागत औषधि बनाउन पनि कछुवाको प्रयोग हुन्छ। कतै भने कछुवालाई विशेष परिकारका रूपमा खाने पनि गरिन्छ।

कछुवाको मासुले कतै कतै यौनवर्द्धकका रूपमा काम गर्ने विश्वास गरिन्छ भन् कछुवाको हड्डीको धुलोलाई औषधिमा प्रयोग गरिन्छ।

गत हप्ता सुंगुरको जस्तो थुतुनो भएको ३३ सय कछुवा डुङ्गामार्फत् मलेशियामा तस्करी गरिएको थियो। र मलेशियाको जल परिवहन निकायले त्यसलाई रोकेको थियो। बीबीसी

More News last news
Loading...