गाईको डकार पृथ्वीको लागि हानी कारक : अध्ययन

मान्छे झै गाईको पेटमा पनि ग्याँसको समस्या हुन्छ। गाईको डकारबाट जति हानिकारक ग्याँस निस्कन्छन् त्यति हानिकारक ग्याँस बस/कार बाट पनि निस्कदैन।

पृथ्वीको वायुमण्डलमा मिथेनको अधिक मात्राको लागि गाईको डाकरबाट निस्कने ग्याँस लामो समय देखि जिम्मेदार मानिदैआएको बीबीसीले लेखेको छ।

Advertisement

यसले वायुमण्डललाई नोक्सान गर्ने बताइने गरेको छ।

हालसालै नासा जारी गरेको एक रिपोर्टमा गाईको डकारमा बढी मात्रामा हानिकारक मिथेन ग्याँस निस्कने बताइएको छ।

ग्रीनहाउस ग्याँस
मिथेन एक ग्रिनहाउस ग्याँस हो र यसलाई पृथ्वीमा समस्याको रुपमा हेरिन्छ।

ग्रीनहाउस ग्यास त्यसलाई भनिन्छ जसले सूर्यको ताप सोस्न सक्छ फलत समग्र पृथ्वीको तापक्रम वृद्धी हुन्छ।

दलदले जमिन भएका इलाकामा मिथेन ग्याँस प्राकृतिक रुपमै उत्पन्न हुन्छ।

पछिल्लो १५० वर्षमा मानविय गतिविधिको कारण मिथेन ग्याँसको उत्सर्जनको मात्रा दुई गुणा भएको छ।

यी मानविय गतिविधिमा इन्धनको लागि प्रयोग देखि पशुपालनसम्म जिम्मेदार मानिन्छन्।

करिब ९० मिलियन टन मिथेन पाल्तु जनावरबाट उत्सर्जिन हुन्छ। गाई, भेडां, बाख्रा जस्ता जनावर बढी मात्रामा मिथेन ग्याँस उत्सर्जन गर्छन् र यो उनीहरुको पाचन प्रक्रियाको कारण हुन्छ।

खाना पचाउन प्रक्रियामा जनावरको पेटमा मिथेन ग्याँस बन्छ र डकार गर्दा बाहिर निस्कन्छ। साथै गोबरबाट पनि यसको अधिकांस मात्रा उत्सर्जन हुन्छ।

नासाको रिपोर्ट
नासाको अनुसार, ‘एउटा गाईले वर्षेनी ८० देखि १२० किलो मिथेन डकारेर उत्सर्जन गर्छ। एउटा परिवारले चलाउने गाडीले पनि वर्षेनी यति कार्बन उत्सर्जन गर्दैन’

पृथ्वीलाई गाईको डकारबाट कसरी बचाउने ? नासाका वैज्ञानिक अध्ययन गर्दैछन्।

More News last news
Loading...