बीबीसी । ढाकाबाट दुबई उडेको एउटा बाङ्ग्लादेशी विमान अपहरण गर्ने प्रयास गर्न खोज्ने व्यक्तिसँग नक्कली पेस्तोल भएको खुलेको छ।
आइतवार साँझ चटगाउँमा आपत्कालीन अवतरण गरेपछि सो विमानका सबै यात्रु र चालकदलका सदस्यसमेत १४८ जनाको सकुशल उद्धार गरिएको थियो।
आत्मसमर्पण गर्न नमानेपछि विमान अपहरण गर्न खोज्ने सन्दिग्ध व्यक्तिलाई सुरक्षाकर्मीहरूले गोली हानेर मारिदिएका थिए। अधिकारीहरूका अनुसार २५ वर्षीय ती व्यक्तिको “मानसिक स्थिति असन्तुलित” थियो र उनले प्रधानमन्त्रीसँग कुरा गर्ने माग राखेका थिए।
उनको औपचारिक नाम मोहम्मद पलाश अहमद भएको बताइएको छ।उनले विमानभित्र अस्वाभाविक गतिविधि देखाउँदै चालकदलका एक सदस्यलाई नियन्त्रणमा लिएका थिए। केही यात्रुहरूले उनीसँग एउटा सानो बन्दुक देखेको बताएका थिए।
ती व्यक्तिसँग विस्फोटक पदार्थ भएको शङ्का थियो।तर चटगाउँका प्रहरी प्रमुख कुसुम देवानले एउटा विज्ञप्तिमा ती सन्दिग्ध व्यक्तिले खेलौना पेस्तोल बोकेको र उनीसँग विस्फोटक पदार्थ नभेटिएको जनाएका छन्।
श्रीमतीसँग खटपट
श्रीमतीसँग खटपट भएको भन्दै ती व्यक्तिले देशकी प्रधानमन्त्री शेख हसिनासँग आफ्नो कुरा गराइदिनुपर्ने माग राखेको चटगाउँ विमानस्थलका प्रबन्धक सर्वार-ए-जमानले अहमदले समाचारसंस्था एएफपीलाई बताए।
त्यतिबेला हसिना चटगाउँमै थिइन्। उनले भने, “श्रीमतीसँग समस्या भएकाले विमान अपहरण गरेको उनले हामीलाई बताएका थिए र उनी प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न चाहन्थे।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
