काठमाडौं । उडानकै क्रममा एक चिनियाँ पाइलट सुतेको भिडियो अहिले भाइरल भइरहेको छ।
भिडियोमा देखिएका पाइलट चाइना एयरलाइन्सका वरिष्ठ अधिकारी भएको बताइएको छ। उनी बोइङ ७४७ विमान उडाइरहेका थिए।
स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्टअनुसार, सुरक्षा मापदण्ड उल्लंघन गरेकोमा पाइलटविरुद्ध अनुशासनात्मक कारवाही गरिएको छ।
पाइलटसँग लगभग २० वर्षको अनुभव छ। कुन बेला उनलाई निद्रा लागेको हो भन्ने खुलेको छैन।
भिडियो कापाइलटले बनाएका हुन् । उनले पाइलट सुतेको एक तस्वीर खिचे र भिडियो पनि बनाए । पाइलटलाई नउठाएर भिडियो खिचिबसेकोमा कोपाइलटविरुद्ध पनि अनुशासनात्मक कारवाही गरिएको छ।
भिडियो सार्वजनिक भएपछि पाइलटहरूको कामको अवधि र थकानका विषयमा बहस शुरू भएको छ। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
