कमल थापाको राप्रपामा फेरि पहिरो : एकसाथ २२ नेताले गरे पार्टी परित्याग

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपामा पहिरो गएको छ। महामन्त्री जयन्त चन्दसहित २२ जनाले एकसाथ पार्टी परित्यागको घोषणा गरेका छन्।

पार्टी परित्याग गर्नेमध्ये १४ जना केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ। बाँकी ८ जना पार्टीका विभिन्न विभाग र निकायको महत्वपूर्ण जिम्मेवारीमा रहेको महामन्त्री जयन्त चन्दले बताएका छन्। तीन वटै राप्रपा एक बनाउने आफ्नो प्रयास सफल हुन नसकेपछि २२ जना नेता कार्यकर्ताले एकसाथ पार्टी परित्यागको घोषणा गरेको चन्दले जानकारी दिए।

Advertisement

पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसँगै केन्द्रीय नेताहरुमा सहायक महामन्त्री भरत पाठक, कार्य सम्पादन समितिका सदस्यहरु प्रल्हाल साह, भरत गिरि र दिनेश श्रेष्ठ छन्।

यसैगरी पूर्व सहायक महामन्त्री गोविन्द खनियाले पनि राप्रपा परित्याग गरेका छन्। खनिया लामो समयदेखि अध्यक्ष थापाका विश्वासपात्र मानिन्थे।

परित्याग गर्ने अन्य केन्द्रीय सदस्यहरुमा सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट छन्।

यसैगरी गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन्।

साप्ताहिक राशिफल: हेर्नुहोस् फागुन ११ देखि १७ गतेसम्मको राशिफल (भिडियोसहित)

More News last news
Loading...