एजेन्सी । भारतीय चर्चित कमेडियन कपिल शर्मा र सुनिल ग्रोभर पहिलोको दुश्मनी बिर्सिएर एकसाथ देखिएका छन्।
केही समयअघि मात्रै विवाह गरेका कपिल शर्माले सुनल ग्रोवरसँग माफी माग्दै विवाहको निमन्त्रणा पनि पठाएका थिए। तर सुनल ग्रोवर कपिलको विवाहमा गएनन्।
लामो समयसम्म बन्द रहेको कपिल शर्माको चर्चित शो फेरि सुरु भएसँगै ‘डाक्टर गुलाटी’को रुपमा चर्चित सुनिल ग्रोवर फर्कन सक्ने खबरहरु पनि आएका थिए। र अहिले सुनिल ग्रोवर साच्चै नै ‘द कपिल शर्मा शो’ मा जाने खबर सार्वजनिक भएको छ।
अब छिट्टै नै दर्शकले ‘द कपिल शर्मा शो’ मा सुनिल ग्रोवरलाई हेर्न पाउनेछन्। तर कहानीमा थोरै ट्विस्ट छ, सुनिल कपिल शर्माको शोमा गुत्थी वा डाक्टर मशहुर गुलाटीको रुपमा आउने छैनन्। यस पटक सुनिल ‘कपिल शर्मा शो’ मा कलाकारका रुपमा नभई पाहुना भएर आउनेछन्।
सुनिल ग्रोवर उनको अब आउने फिल्म ‘भारत’ को प्रमोशन गर्न शोमा जानेछन्। फिल्म ‘भारत’ को प्रमोशन गर्नका लागि सलमान खान र कट्रिना केफका साथ सुनिल ग्रोवर पनि साथमा आउनेछन्। सुनील ग्रोवर पाहुनाका रुपमा शोमा आउँदा कपिल शर्माले कस्तो प्रतिक्रिया दिनेछन्, त्यो हेर्न दर्शकका लागि निकै रोचक हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
