बेहुला-बेहुली बन्दा यस्तो देखिए कृशल कडेल र सेड्रिना शर्मा (भिडियो)

काठमाडौँ । नेपाल आइडल सिजन २ बाट चर्चित बनेका कृशल कडेलले नायिका स्ड्रिना शर्मासँग लगनगाँठो कसेका छन्।

उनी वास्तविक जीवनमा नभइ आफ्नो पहिलो म्युजिक भिडियोमा सेड्रिनासँग लगनगाँठो कसेका हुन्। गीतमा उनी आफ्नै अभिनय गरेका छन्। गीतको भिडियोमा नायिका सेड्रिना शर्माले उनलाई साथ दिएकी हुन्।

Advertisement

‘ओढेर घूँघट’ बोलको कृशलको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको प्रेमिल भावको शब्द रहेको छ। यसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले। यसैगरी म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन भने चन्दन दत्तले सम्पादन गरेका हुन। कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए भने सेड्रिनाले यस अघि पनि “नाईँ नभन्नु ल ५” अभिनय गरेर चर्चामा आएकी थिइन।

More News last news
Loading...