१३ वर्षका किशोरको अनुहारभरि रौँ

विश्वमा कतिपय मानिसहरु निकै दुर्लभ रोगबाट पीडित छन्। भारतका १३ वर्षका ललित पाटिदार यस्तै दुर्लभ वेरउल्फ सिन्ड्रोम रोगबाट पीडित छन्।

यो दुर्लभ विरामीबाट पीडित मानिसहरुको अनुहारमा ५ सेन्टिमिटर सम्म लामा भुत्ला अनुहारमा पलाउँदछन्।

Advertisement

मध्य प्रदेशका ललित टाउकोमा जस्तै लामो तथा बाक्लो कपाल अनुहारमा बोकेर निकै कष्टसाध्य जिवन बाँचिरहेका छन्। कतिपय मानिसले आफुलाई देखेर बाँदर समेत भन्ने गरेको र कतिपयले त ढुंगाले हिर्काउने गरेको बताउँछन्।

भारतीय प्रहरीमा भर्ना भएर देशको सेवा गर्ने उनको इच्छा छ। ललितकी आमा पर्वतबाइका अनुसार परिवारमा १४ जना सदस्य छन्।

जन्मैदेखि ललितको अनुहारभर असामान्य रौँ हरु थिए। उनको त्यो समस्यालाई चिकित्सा भाषामा कन्जेनिटल हायरट्राइकोसिस भनिन्छ। यो रोगको उपचार छैन।

पछिल्लो समय उनले विद्यालयमा राम्रोसँग पढ्ने गरेका छन् । पढाई र खेलकुदमा पनि उनले राम्रो गरिरहेका छन्। सुरुवाती दिनमा उनीसँग साथीहरु नजिक आउने डराउने गरेको भएपनि अहिले चाहीँ सबैले सामान्य व्यवहार गर्न थालेका छन्। एजेन्सी

More News last news
Loading...