काठमाडौं । प्रहरीले अपराध कबुल गराउँनको लागि कत्तिसम्म यातना दिन सक्छ भन्ने कुराको पछिल्लो रहस्य खुलेको छ । पाकेटमार गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई चोरी कबुल गराउँनको लागि एक युवकमाथि कोब्रा सर्प फ्यालिएको छ । यो घटना नेपालमा भएको भने होईन।
इन्डोनेशीयामा भएको यो घटनाको अहिले संसारभर आलोचना भइरहेको छ। मानवअधिकार हनन गर्ने देशहरुको सुचिमा यो देशको प्रहरी पनि आउँने गर्दछ।
चोरीको घटनामा यसरी यातना दिनु आफैंमा निन्दनीय भएको अन्तिराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले उनको घाँटीमा सर्पको माला लगाएर कत्ति मोबाइल चोरेको भन्दैं सोधपुछ गरेको भिडियोमा देख्न सकिन्छ।
जेलमा रहेका अन्य कैदीहरु भने प्रहरीको यो हर्कत देखेर खुब हाँसीरहेका छन् । संसारभर भएको तिव्र विरोध पश्चात ति प्रहरी अधिकारीलाई जागिरबाट निकालिएको पापुआ पुलिस के प्रवक्ता मुस्तफा कमालले एजेन्सीलाई जानकारी दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
