बुद्ध एयरको कोलकाता-काठमाडौँ दुईतर्फी उडान २४ हजारमै

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बैशाख २ गतेदेखि गर्ने काठमाडौं–कोलकाता दुईतर्फी उडान २४ हजार रुपैयाँमा गर्ने भएको छ। बुद्ध एयरले हाल भारतको बनारसमा नियमित उडान गरिरहेको छ भने अर्को अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा भारतकै कोलकाता सुरू गर्ने अन्तिम तयारी गरिरहेको छ।

पश्चिम बंगालको राजधानी कोलकाता उडान आगामी नयाँ वर्षबाट गर्ने गरी बुद्धले उडान तालिका सार्वजनिक गरेको हो। यो गन्तव्यमा उडानका निम्ति बुद्धले अधिकारिक कार्यालयसमेत खोलिसकेको जानकारी दिएको छ।

Advertisement

हाल भारतबाट इन्डियन एयरले मात्रै कोलकाता–काठमाडौं उडान गरिहेको छ। नेपालबाट यो गन्तव्यमा सीधा हवाई सेवा सञ्चालन गर्ने यो वायुसेवा एकमात्र नेपाली एयरलाइन्स भएको जानकारी पनि बुद्धले बुधबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

बुद्धले बैशाख २ गतेदेखि हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान काठमाडौं–कोलकाता उडान गर्ने छ। यो वायुसेवाले काठमाडौंबाट कोलकाताको निम्ति बिहान ८ बजे उडान गर्ने छ भने साढे ९ बजे पुग्ने छ। स्थानीय समय अनुसार कोलकाताबाट बिहान साढे १० बजे फर्कने र काठमाडौं विमास्थनलमा साढे १२ बजे आइपुग्ने समय निर्धारण गरेको छ।

यो वायुसेवाले आफूसँग भएकै ७२ सिट क्षमताका एटीआर ७२–५०० नामक ७२ सिट क्षमताको जहाज प्रयोग गर्दैछ। कोलकाता उडान अन्तर्राष्ट्रियमा परीक्षण भएकोले यो गन्तव्य सफल भए बुद्धले न्यरो बडी जहाज खरिद गरेर अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्ने जानकारी पनि दिएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

More News last news
Loading...