दाङ । दाङमा भएको सवारी दुर्घटनामा प्रदेश सांसद उत्तरकुमार वली घाइते हुनुभएको छ ।
घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रु वाहाक बसले बुटवलबाट तुलसीपुर जाँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली कारलाई घोराही लमही सडक खण्डको चिसापानीमा ठक्कर दिएको थियोे ।
कारमा सवार वलीको टाउको र खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सांसद वलीको अवस्था गम्भीर छ ।
उहाँ सहित ३ जना घाइतेको फ्लोरेन्स अस्पताल लमहीमा उपचार भइरहेको इप्रका लमहीले जानकारी दिएको छ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
