के कोही चन्द्रमाको मालिक बन्न सक्छ?

बीबीसी । विभिन्न कम्पनीहरूले चन्द्रमाको सतहमा बहुमूल्य वस्तु खोज्न खानी सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेका छन्। तर चन्द्रमामा अन्वेषण गर्न र त्यहाँको सम्भावित स्वामित्वबारे कस्ता नीतिनियम छन्?

नील आर्म्स्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेको झन्डै पाँच दशक भएको छ।

Advertisement

उनले त्यति बेला भनेका थिए, “यो मान्छेका लागि एउटा सानो पाइला मात्रै हो, तर मानवजातिका लागि भने ठूलो फड्को हो।”

दुर्लभ खनिज

लगत्तै उनका सहकर्मी बज ओल्ड्रिन पनि चन्द्रमामा ओर्लिए। त्यहाँको चकमन्नताको अवलोकन गर्दै उनले भने, “भव्य शून्यता।”

यो जुलाई १९६९ को अपोलो ११ यात्राको प्रसङ्ग थियो। नासाले अन्तिम चोटि सन् १९७२ मा मानवसहित अपोलो १७ अन्तरिक्षयान चन्द्रमा पठायो। त्यसपछि भने त्यहाँ मानव पठाइएको छैन।

तर यो अवस्था चाँडै परिवर्तन हुन सक्छ।

कैयौँ कम्पनीहरूले त्यहाँको अवलोकन गर्ने र इलोक्ट्रोनिक्समा प्रयोग हुने सुन, प्ल्याटिनम र पृथ्वीमा पाइने दुर्लभ खनिजहरू छन् कि भनेर हेर्न खानी सुरु गर्ने इच्छा प्रकट गरेका छन्।

यो महिनाको सुरुतिर चीनले एउटा अन्तरिक्ष यान चाङ’ इ-४ चन्द्रमामा अवतरण गरायो। यही अभियानमा चन्द्रमाको सतहमा पहिलो चोटि कपासको बीउ पनि उमारियो।

चीनले चन्द्रमा एउटा अनुसन्धान केन्द्र बनाउने सम्भावनाको खोजी गरिरहेको छ।

जापानी कम्पनी आइस्पेसले “अर्थ-मून ट्रान्सपोर्टेशन प्ल्याटफर्म” अर्थात् पृथ्वी-चन्द्रमा यात्रा केन्द्र निर्माण गर्ने र “पोलार वाटर एक्सप्लोरेशन” अर्थात् ध्रुवीय पानी अन्वेषण गर्ने योजना बनाइरहेको छ।

विभिन्न गतिविधिहरू भएका छन्। तर के ओल्ड्रिनको ‘भव्य शून्यता’ अविचलित राख्न एवम् व्यापारिक र राजनीतिक उद्देश्यबाट उत्प्रेरित भूमि तथा स्रोत हात पार्ने सङ्घर्षको सिकार हुनबाट पृथ्वीको यो प्राकृतिक उपग्रहलाई जोगाउन कुनै नियम छ?

शीतयुद्धका बेला तिनको अन्वेषण सुरु भएदेखि नै खगोलीय पिण्डहरूको सम्भावित स्वामित्वबारे चर्चा हुँदै आएको छ।

अमेरिकी अन्तरिक्ष निकाय नासाले उसको पहिलो मानवयुक्त चन्द्र लक्ष्यको योजना बनाइरहेका बेला संयुक्त राष्ट्र सङ्घले अन्तरिक्षसम्बन्धी आउटर स्पेस सन्धि तयार पारेको थियो जसलाई सन् १७६७ मा अमेरिका, सोभियत युनियन र यूके लगायतले हस्ताक्षर गरेका थिए।

त्यसमा भनिएको थियो, “अन्तरिक्षमा रहेका चन्द्रमा र अरू खगोलीय पिण्डहरूमाथि कब्जा जमाएर या अरू कुनै माध्यमबाट कसैले आफ्नो बनाउन सक्नेछैन।”

अन्तरिक्षसम्बन्धी काम गर्ने कम्पनी एल्डन एड्भाइजर्सका निर्देशक जोयन ह्वीलरले सन्धिलाई अन्तरिक्षको ‘म्याग्ना कार्टा’ मान्छिन्।

चन्द्रमाको दोहन
त्यसले चन्द्रमामा आर्म्स्ट्रङ या अरूले जस्तो झन्डा गाड्ने कामलाई “अर्थहीन” बनाइदिएको छ र यसमाथि कुनै कम्पनी वा व्यक्ति वा देशको स्वत: अधिकार हुने स्थितिबाट मुक्त राखेको छ।

व्यावहारिक रूपमा भन्दा चन्द्रमामा भूमिको स्वामित्व र खानी अधिकार सन् १९६९ मा खासै महत्त्व थिएन। तर प्रविधिको विकास हुँदै जाँदा भविष्यमै भए पनि फाइदाका लागि चन्द्रमाको स्रोतको दोहन हुन सक्ने देखिएको छ।

More News last news
Loading...