काठमाडौँ । कलाकार दीपशिखा खड्काको कथा, पटकथा तथा संवादमा तयार भएको चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा दुई देशका यूवा–यूवतीविचको प्रेम कथामा तयार भएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रमा चन्दन दत्त र सालिक दुलालको सम्पादन, पवन गौतमको छायांकन, रामजी लामिछाने र यूवराज वाइवाको कोरियोग्राफी, रायवन थापाको एक्सन छ । चलचित्रमा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका छ ।
यो चलचित्रले दुई देशमा बस्ने यूवायूवतीको प्रेम, विछोड, धोका र बदलाको कथालाई उठान गरेको छ । चलचित्रमा नायिका खड्कालाई दर्शकले २ वटा अवतारमा देख्न सक्नेछन् । खड्काले आफूलाई रोमान्टिक नायिकाको रुपमा देखाएकी छिन् भने अर्कोतिर उनले बदला लिने यूवतीको भूमिकामा पनि आफूलाई ढालेकी छिन्। फागूण १० गतेबाट रिलिज हुन लागेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
