हत्यारा पक्राउ गर्ने क्रममा गोली चल्यो, एक जना घाइते

राँझा । गत शनिबार बाँकेको कोहलपुरमा युवक हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीको गोलीबाट एक जना घाइते भएका छन्।

घटनाका सहयोगी भएको अभियोगमा राप्ती सोनारी गाउँपालिका बाँके स्थायी घर भएका युवराज गिरीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको छ। गिरीलाई आज बिहान करीब ११ बजे बर्दियाको मधुवन नगरपालिका–३ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिन खोज्दा गोली हानहानसमेत भएको बताइएको छ।

गिरीको बायाँ खुट्टामा गोली लागेको छ। हत्यामा संलग्न मुख्य योजनाकार भरत शाहीलाई गए राति सुर्खेतको पलाँटे बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मुख्य योजनकार शाहीले दीपक सिंहलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै रु डेढ लाख लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो । सो विवादपछि भरतले युवराज गिरीको सहयोगमा सिंहलाई धारिलो हतियार गरी घाँटी रेटेर बीभत्स तरिकाले हत्या भएको अनुसन्धानबाट खुलेको छ। गत पुस २६ गते प्रहरी परीक्षामा सहभागी हुनआएका सुर्खेत सिम्ता गाउँपालिकाका दीपक सिंहको कोहलपुरमा घाँटी रेटेर हत्या भएको थियो।

More News last news
Loading...