आज काठमाडौंमा सबैभन्दा जाडो, शून्य डिग्री सेल्सियसमा झर्‍यो तापक्रम

काठमाडौं । सोमबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्य डिग्री आसपासमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखको रेकर्ड अनुसार सोमबार बिहान पौने नौ बजे उपत्यकाको तापक्रम यो वर्षको सबैभन्दा कम ०.५ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन गरिएको छ ।

Advertisement

‘जाडोको समयमा आकाश लामो समयसम्म खुल्ला रहँदा पनि तापक्रम घट्ने गर्दछ’ जल तथा मौसम पूर्वानुमान महाशाखाले भन्यो ‘केही दिनदेखि आकाशमा बादल देखिएको छैन, दिउँसोको अधिकतम तापक्रम पनि अलि घटेको छ ।

यसले गर्दा जमिन तात्न पाएको छैन र न्युनतम तापक्रम घटिरहेको छ ।’ गएको वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्युनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा यसवर्ष ० डिग्री सेल्सियसमा झरेको छ ।

चिसो धेरै भए पनि यो वर्ष हिउँदे वर्षा कम भएको छ ।

More News last news
Loading...