कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका अभिभावकले आइतबारदेखि धर्ना सुरु गरेका छन् ।
छोरीको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका परिवारले अनिश्चितकालीन धर्ना बस्ने निर्णय गरेका हुन् । आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताए ।
निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न धेरैवटा समिति बनाइए पनि प्रभावकारी छानविन हुन नसकेको र सबैले थामथुम बनाउने कोसिस मात्र गरेको निर्मलाका अभिभावक र अधिकारकर्मीको भनाई छ ।
घटनाको अनुसन्धानका क्रममा पछिल्लोपटक चारजनाको डीएनए परीक्षणका लागि पठाइएको छ । घटनाको प्रमाण जुटाउन दोषी पाइएका दुईजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
