प्रदेश नम्बर ५ : राजधानी र नाम टुंग्याउन विशेष समिति गठन

रुपन्देही। प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न अधिकार सम्पन्न विशेष समिति गठन गरिएको छ ।

१५ सदस्यीय समितिले ३ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाएर सिफारिस गर्ने छ ।

Advertisement

आजको प्रदेशसभाको बैठकले गठन गरेको उक्त सिफारिस विशेष समितिमा रुपन्देहीबाट रमा अर्याल, तुल्सीप्रसाद चौधरी, गुल्मीबाट दिनेश पन्थी, अर्घाखाचीबाट चेतनारायण आचार्य, कल्पना पाण्डे, निर्मला क्षेत्री, प्युठानबाट तारा जिसी, कपिलबस्तुबाट विष्णुप्रसाद पन्थी, सहर्षराम यादव, पाल्पाबाट वीरबहादुर राना, नारायणप्रसाद आचार्य, बर्दियाबाट भुवनेश्वर चौधरी, रोल्पाबाट दिपेन्द्रकुमार पुन तथा दाडबाट सरस्वती गौतम, दिपेश थारु बर्दिया रहनुभएको छ ।

More News last news
Loading...