संस्कृत विश्वबिद्यालयको सम्पर्क कार्यालय वेलझुण्डीमै सार्ने तयारी

काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वबिद्यालयको सबै कार्यालयहरु केन्द्रिय कार्यालय वेलझुण्डीमै सार्ने तयारी गरेको छ।

२०७२ जेठ २ गते बसेको मन्त्री परिषद् बैठकले संस्कृत बिश्वबिद्यालयका काठमाडौं स्थित सम्पर्क कार्यालयहरु खारेज गर्ने निर्णय गरेपनि बिश्वबिद्यालयले पुनः बाल्मीकी बिद्यापिठमा सम्पर्क कार्यालय केन्द्रित गरेको पाइएको थियो।

Advertisement

बिश्व बिद्यालयका सम्पर्क कार्यालयहरु काठमाडौंमा ल्याइएपछि संयुक्त बिद्यार्थी संगठनले शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्री समक्ष ध्यानाकर्षण गराएको अनेरास्ववीयु दाङका सचिब गोपाल रेग्मीले जानकारी दिनुभयो । विद्यार्थी संगठनहरुले सरकारले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ,–संस्कृत विश्वविद्यालयका काठमाडौं स्थित सम्पर्क कार्यालयका सम्पूर्ण निकायहरु विश्वबिद्यालयमै समायोजन गर्ने कार्य तत्काल कार्यान्वयन गरियोस । ’

शिक्षा, बिज्ञान तथा प्रबीधी मन्त्री गीरीराजमणी पोख्रेलले यस बिषयमा आफु गम्भीर रहेको र सरकारले संस्कृत बिश्वबिद्यालयका सम्पर्क कार्यालयहरु बेलझुण्डीमा सार्ने तयारी गरेको बताउनुभयो । विज्ञप्तीमा अखिल क्रान्तिकारीका महासचिब प्रकाश शाही, अखिल क्रान्तिकारीका केन्द्रिय सचिब नरेश रेग्मी, अखिल क्रान्तिकारीका बिभाग सचिब बिष्णु चौधरी, अनेरास्ववीयुका दाङ जिल्ला अध्यक्ष बिरबल खड्का, नेबि संघ दाङका अध्यक्ष राजकुमार डागीं र अनेरास्ववीयु दाङका सचिब गोपाल रेग्मीले बिज्ञप्तीमा हस्ताक्षर गर्नुभएको छ।

More News last news
Loading...