पशुपतिले कोमललाई घुस खुवाउन गएपछि भयो यस्तो हंगामा ! (भिडियोसहित)

काठमाडौं । समाजमा घट्ने यथार्थ घटनाहरुलाई गीतको माध्यमबाट पस्कन माहिर चर्चित लोकगायक पशुपति शर्माको व्यंगात्मक तीज गीत माननीय ज्यू सार्बजनिक गरेका छन् ।

पछिल्लो समय देशमा वढ्दो घुसखोरीका बारेमा चर्चित गायक शर्माले गीतमा उतारेका छन् । देशमा जे काम गर्दा पनि मन्त्री र माननीयहरुलाई घुस नदिई काम नहुने प्रति व्यंग गर्दै सचेत गराउन खोजेका छन् ।

Advertisement

गायक शर्माको स्वर तथा शब्द रहेको उक्त गीतमा चर्चित गायिका तथा माननीय समेत रहेकी कोमल वलीले स्वरमा साथ दिएकी छन् । गीतमा स्वंयम शर्मा र वलीले अभिनय गरेका छन् ।

यसअघिको तीजमा लास्टै चोटी हो भन्ने गीतमार्फत चर्चामा आएको यसपालीको यो जोडीको गीतले पनि चर्चा कमाउने अनुमान गरिएको छ ।

More News last news
Loading...