काठमाडौं । भारतको बिहारस्थित सीतामढीमा एक प्रेमिकाले आफ्नै प्रेमीको लिङ्ग काटिदिएकी छन् । आफूलाई समय नदिएको भन्दै उनले प्रेमीको लिङ्ग काटिदिएकी भारतीय मिडियाले जनाएको छ । आरोपी ३५ वर्षीया रञ्जु देवीले आफ्नै प्रेमी २१ वर्षीय रमेश पासवानको लिङ्ग काटिदिएकी हुन् ।
रञ्जुविरुद्ध उजुरी दर्ता भइसकेको छ भने उनलाई गिरफ्तार गरेर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । भारतीय प्रहरीकाअनुसार उनीहरुबीच देवर भाउजुको नाता छ । तर, लामो समयदेखि उनीहरुबीच अनैतिक सम्बन्ध रहँदै आएको थियो।
केही समय अघि विवाह गरेपछि रमेशले रञ्जुलाई समय दिन सकेनन् । उनी आफ्नी श्रीमतीलाई समय दिन थालेपछि आक्रोशित बनेकी रञ्जुले आफ्नो घरमा बोलाएर रमेशको लिङ्ग काटिदिएकी हुन् ।
रमेशलाई श्रीमतीलाई छाडेर आफूलाई समय दिन भन्दै आएकी रञ्जुले अन्ततः रमेशकै लिङ्ग काटिदिएको घटनाले सीतामढीमा निकै खैलाबैला भएको छ । लिङ्ग काटिइएका रमेशको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
