रक्सीले मात्तिएकी महिलाको खुट्टा घण्टौँ ट्वाईलेटमा अड्किएपछि ट्वाईलेट फोरियो : महिला घाइते, परिवारमा रुवाबासी
डेलीमेलको समाचार मार्फत सार्वजनिक भएको एउटा भिडियो अहिले निकै भाइरल भइरहेको छ । अत्याधिक रुपमा मदिरा सेवन गरेका कारण एकजना चिनियाँ महिलाको खुट्टा ट्वाइटेलमा फस्न पुगेको थियो । समाचारका अनुसार बिहान करिब साढे ३ बजेतिर महिलाको परिवारले इमरजेन्सीमा फोन गरेर सहयोग मागेका थिए ।
उद्धार टोली पुग्दा ती महिला डाँको छोडेर रोइरहेकी थिइन् र उनको दायाँ खुट्टा ट्वाइलेटमा फसेको थियो । सुरुमा फयरफाइटरले महिलाको खुट्टामा शेम्पु र बढी वाश लगाएर निकाल्ने कोसिस गरेका थिए । तर उनिहरुको प्रयास सफल नभएपछि उनीहरुले ट्वाइलेट नै भत्काएर उनको खुट्टा बाहिर निकाल्न सफल भएका थिए ।
उनलाई केही चोट लागेको छ । त्यही भिडियो समाजिक सञ्जालमा भाइरल भएको हो । समाचारका अनुसार उनले मदिरा सेवन गरेकी थिइन् । मदिरा लट्ठ भएकी उनी सौचालय गइन् । उनी गएको सौचालय एशियन स्टाइलको थियो । उनको खुट्टा ठाउँमा थिएन ।
फलस्वरुप उनको खुट्टा ट्वाइलेटमा फस्न गयो । सुरुमा ती युवतीले खुट्टा निकाल्ने निकै कोसिस गरिन् तर असफल भइन् । अन्त्यमा फायरफाइटर्स टिमले महिलाको उद्धार गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
