पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न चाडै स्वदेश फर्किने

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन् । पाकिस्तानी अदालतले शुक्रबार उहाँलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको बताएका हुन् ।

“देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार छु,” पूर्वप्रधानमन्त्री शरिफले लण्डनमा भने । आफ्नी श्रीमतीको उपचारका लागि लण्डनमा रहनुभएका शरिफ जेल सजायँ भोग्न चाडै स्वदेश फर्किने बताए । तर कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उनले स्पष्ट पारेनन् । श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफु स्वदेश फर्किने उनको भनाई छ ।

Advertisement

पूर्वप्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित छन् । इस्लामावादको अदालतले शरिफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजायँ तोकेको हो । उनलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् ।

नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उहाँको बहिर्गमन भएको थियो ।

उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिवन्ध लगाइएको छ । उनीमाथि लागेको आरोपको शरिफ र उनका समर्थकले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

अदालतले शरिफसँगै उहाँकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सँजाय तोकेको छ । त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ ।

More News last news
Loading...