यसरी सुरक्षित राख्नुहोस आफ्नो मोबाइल

मोबाइल हाम्रो जीवनशैलीको महत्वपुर्ण पाटो बनिसकेको छ । मानिसका हातमा एउटा होइन विभिन्न ब्रान्डका २-३ वटा मोबाइल हुन् थालेका छन् । तर, हजारौ मूल्यका पर्ने यी सामाग्रीमा सामान्य कुरामा ख्याल नगर्दा चाडै बिग्रन सक्छन । केहि त्यस्ता सामान्य कुरा जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ।

१. स्क्रिन सधै सफा गर्नुपर्छ । स्क्रिन सफा गर्दा जस्तो पायो त्यस्तै कपडा र सामाग्रीले सफा गर्छौ, यसो गर्नु हुन्न। सकेसम्म नरम कपडाले स्क्रिन सफा गर्नुपर्छ।

Advertisement

२. हामी जति बेला पनि वाइफाई खेलेर राख्छौ। कामका बेला मात्र वाइफाई खेल्नुपर्छ। जति बेला पनि खेल्दा भाइरस छिर्ने लगायतका समस्या उत्पन्न हुन् सक्छ।

३. ब्याट्रीलाइ सधै फुल चार्ज गरेर मात्र चलाउनु पर्छ।

४. युयसबि चार्जर पोर्ट सधै सफाराख्नु पर्दछ। हामी कोही पनि यस बिषयमा ख्याल गर्दैनौ । मोबाइल भित्र आत्यधिक फोहोर हुने पहिलो कारण भनेकै यहि हो।

५. मोबाइलमा भएका एम्पोरारी ९क्यास०क्लियर गर्नुपर्छ। नत्र, मेमोरी फुल हुँदै जान्छ र ह्यांग हुने तथा बिग्रने समस्या बढ्छ।

६. स्क्रिनको सुरक्षाका लागि स्क्रिन्कार्द लगाउनुपर्छ। यसले मोबाइलको स्क्रिन्लाई फुट्नबाट बचाउछ।

७. मोबाइलको चर्जिन भोल्टेज डिसी फाइभ भोल्टेजको प्रयोग गर्नुपर्छ। यो चर्जरमा लेखेको हुन्छ। तर, कसैले पनि यो कुरामा ख्याल गरेको पाइदैन । त्यसले गर्दा मोबाइलमा आवश्यकता भन्दा बढी चार्ज छिर्न सक्छ र मोबाइल बिग्रन सक्छ।

८. फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुदैन। फुलेको ब्याट्री प्रयोग गर्दा मोबाइल पड्कन सक्छ ।

९.मोबाइल कभर लगाउनु पर्दछ। यसले मोबाइल हातबाट खस्यो भने सुरक्षित हुन्छ।

१०. मोबाइललाई तरल पदार्थबाट टाढा राख्नुपर्छ। यो इलेक्ट्रोनिकको भाइरस हो। मोबाइलमा तरल पदार्थ छिर्ने बितिक्कै मोबाइल बिग्रन्छ।

More News last news
Loading...