छक्का पञ्जा तीन : संजोग इन, पुष्प आउट

काठमाडौं । छक्का पञ्जा ३ सिनेमाबाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् । उनको ठाउँमा अभिनेता संजोग कोइराला आएका छन्।

सिनेमाको छायाँकन शुरु भएपछि पुष्पले सिनेमामा काम नगर्ने बताएपछि सिनेमाको छायांकन सञ्जोगले गरिसकेका छन् । सिनेमामा अनुबन्धित भइसकेका अभिनेता पुष्प खड्काले सिनेमा नगर्ने बताएपछि संजोगलाई लिएको निर्माण पक्षले बताएको छ।

Advertisement

पहिले सिनेमाको भूमिका सुनेर खेल्न तयार भएका पुष्प पछि उक्त भूमिका निर्वाह गर्नबाट पन्छिए । अभिनेता पुष्पले भने आफूलाई सिनेमाको स्कृप्ट नमिलेका कारण सिनेमामा काम नगरेको बताएका छन्।

‘छक्का पञ्जा तीन’ को छायाँकन पोखरामा भैरहेको छ । छायाकंनका लागि अभिनेत्री स्वस्तीमा पनि पोखरा पुगेकी छिन् । यसअघि निर्माण पक्षले सिनेमामा स्वस्तीमा हुने नहुने बारेमा नबोले पनि सिनेमामा स्वस्तीमा भएको बुझिन्छ।

पोखरामा दीपाश्री निरौला, केदारप्रसाद घिमिरेसँगका केही पल उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छिन् । जसले उनी ‘छक्का पञ्जा तीन’ को छायाकंनका लागि पोखरा पुगेको पुष्टि गर्छ।

अर्की अभिनेत्री वर्षा राउत पनि सिनेमाको छायांकनमा पोखरामै छिन्। यसका अलावा दीपकराज, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरेलगायत कलाकार छायाँकनमा छन् । यो सिनेमा फूलपातीको अवसर पारेर प्रदर्शनमा आउँदैछ।

More News last news
Loading...