काठमाडौं । दाङको गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझबिहान भारतीय भूमिमा पुग्छन्।
उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नु पर्छ।
‘खानेपानीको समस्या छ, त्यसैले म आफैं भारतमा गएर पानी ल्याउने गरेको छु,’ वडाध्यक्ष सिद्दीकीले भने, ‘भारतमा गएर पानी ल्याउनु पर्दा अप्ठ्यारो लाग्न थालेको छ।
कोइलाबासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ।
अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेका् कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । भारतीय सुरक्षा बलले दिएको पानी ल्याउने गरेको उनको भनाइ छ। – कारोबार दैनिकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
