काठमाडौं । रोजगारीका लागि विदेश जानेलाई सूचना दिने वैदेशिक रोजगार एप सार्वजनिक भएको छ।
साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो।
वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको मिडियाका सम्पादक अनिल अधिकारीले जानकारी दिनुभयो।
एपभित्र देशगत रुपमा आफूले मन परेको देशको कामदार माग, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनी अनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधा सम्पर्क गर्न सकिने सम्पादक अधिकारीको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
