बालकृष्ण ढुंगेललाई मुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । हत्या अभियोगमा कैद सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई रिहाई गर्ने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

राष्ट्रपतिमा निहीत आममाफीको प्रावधानको गलत फाइदा उठाउँदै सरकारले हत्याका दोषीलाई रिहाइ गर्ने तयारी गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

Advertisement

सरकारले संवैधानिक प्राधिकार उल्लंघन गरेको उल्लेख गर्दै ढुंगेलको चालचलन सुधार भए नभएको यकिन नै नगरी राष्ट्रपतिमार्फत आममाफीको लागि पहल गरेको रिटमा उल्लेख छ। – नागरिक दैनिकबाट

More News last news
Loading...