काठमाडौं । रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ।
नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने गैरनेपाली नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको पाइएको छ। यो संख्या विगत ४ वर्षमा दोब्बरले बढेको छ।
आर्थिक वर्ष २०६९/७० मा ९१० जनाले श्रम स्वीकृति लिएकोमा गत वर्षसम्म यो संख्या एक हजार ९७२ पुगेको छ। – कारोबार दैनिकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
