एजेन्सी । बलिउडका ‘बाहुबली’ प्रभास हालका दिनमा आफ्नो फिल्म ‘साहो’ सुटिङमा व्यस्त छन् । भारतिय मिडियाका अनुसार युएइमा चलिरहेको सुटिङमा एक्सन सिक्वेन्स शूटका लागी ९० करोड बजेट खर्च गर्न लागेको बताइएको छ। यसै वर्ष रिलिज हुने यो फिल्मको निर्देशन सुजीतले गरेका छन् ।
फिल्म बाहुबली निर्माणमा १८० करोड खर्च हुँदा साहोको एक्सन सिक्वेन्समा मात्र ९० करोड खर्च हुन्छ भने यो फिल्म कस्तो बन्दैछ भन्ने अन्दाजी जो कोहीले लगाउन सक्छ । यो फिल्मको पुरा बजेट ३०० करोड हुने बताइएको छ।
यसलाई बलिउडको दोस्रो महंगो फिल्म हुने बताइएको छ भने सबैभन्दा महंगो फिल्म द्द।ण् निर्माण हुँदैछ।
खबर अनुसार बास्तबिक सिन निर्माण गर्नका निम्ति ३७ वटा कार र ५ वटा ट्रकहरु प्रयोग गरिएको र सबै शूटको क्रममा सबै ध्वस्त भएको बताइएको छ। फिल्ममा प्रभाषको साथमा श्रद्धा कपूर लीड रोलमा देखा पर्नेछिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
