फिल्म बनाउँदै ‘भद्रगोल’ युनिट, को-को खेल्दैछन् ?

चर्चित हास्य श्रृंंखला ‘भद्रगोल’ सबैमाझ लोकप्रिय छ । यही टीमले अब चलचित्र निर्माण गर्ने भएको छ । गाँउ र सहरको सामाजिक विषय वस्तुमा बन्ने भनिएको चलचित्र पुर्ण कमेडी शैलीमा निर्माण गरिने छ।

भद्रगोलका तीन कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ र हरिश निरौला ‘कक्रोज’ मिलेर बनाउन लागेका यो चलचित्रको कथा समेत तीनैले लेखिरहेका छन्।

Advertisement

एक वर्ष पहिले देखी नै चलचित्र निर्माण गर्ने तयारीमा रहेको भद्रगोल युनिट भदौको पहिलो चलचित्रको अभिनेता अभिनेत्री र निर्देशक सार्वजनिक गर्नेछ ।

चलचित्रमा भद्रगोलका प्राय कलाकार देखिनेछन् या देखिने छैनन् त्यो सार्वजनक हुन भने बाँकी छ । प्रस्ततुत छ सागर लम्सालसंग गएिको कुराकानी।

More News last news
Loading...