निर्माता सेनले नयाँ फिल्म निर्माण गर्दै, ६ वर्षिय छोरालाई डेब्यू गराउने

काठमाडौं । निर्माता सन्तोष सेन नयाँ फिल्म निर्माणमा जुटेका छन् ।

सेनले असार पहिलो सातादेखि नयाँ प्रोजेक्टको छायांकन सुरु गर्दैछन् । यतिबेला भने सेनले फिल्मका लागि गीत रेकडिङको काम गरिरहेका छन् ।

Advertisement

नायक प्रदीप खड्कासँग दुई सुपरहिट फिल्म निर्माण गरेका सन्तोषले यसपटक भने आफ्नै ६ वर्षिय छोरा आयूब सेनलाई डेब्यू गराउँदैछन् । उनले करीब ६ महिनादेखि छोरालाई मण्डला थिएटरमा अभिनयको ट्रेनिङ दिइरहेका छन् । निर्माता सेनका अनुसार अब डेब्यूका लागि छोरा तयार भइसकेको छ ।

निर्देशकदेखि बाँकी सबै कलाकारको छनौट पूरा भइसकेको पनि सेनले बताए । आफूले निर्माण गर्ने नयाँ फिल्ममा एक आमा र छोराको कथा बोल्ने जनाईएको छ ।

यद्यपी सेनले नयाँ फिल्मको नाम भने गोप्य राखेका छन् । फिल्मको लिड रोलमा नै सेनका छोरा आयूब रहनेछन् ।

यसअघि सेनले चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २ निर्माण गरिसकेका छन् ।

More News last news
Loading...