राष्ट्रकवि अस्वस्थ, ग्राण्डी अस्पतालमा उपचार हुँदै

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्था हुनुभएको छ।

उहाँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको कान्छो छोरा राजिव घिमिरेले जानकारी दिनुभयो। राष्ट्रकवि घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ।

Advertisement

यस अघिपनि उहाँलाई यस्तै स्वास्थ्य समस्या हुने गरेको र बेलाबेलामा अस्पताल लैजाने गरिएको छोरा राजिवले बताउनुभयो।

उहाँका अनुसार राष्ट्रकवि घिमिरेको दिसामा पनि रगत देखिएको छ। उपचारका लागि विदेशबाट विशेषज्ञ डाक्टर बोलउने वा उहाँलाई नै बाहिर लैजाने भन्ने बारेमा अस्पताल प्रशासनसँग अहिले छलफल भइरहेको छ।

More News last news
Loading...