सल्यानमा एम्बुलेन्स दुर्घटना, १ जनाको ज्यान गयो

दाङ । सल्यानमा गर्भबति महिला बाेकेकाे एम्बुलेन्स दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ । जिल्लाकाे बागचाैर नगरपालीका २ चिलढाले अाग्रीखाेलामा गएराति १ बजे भएकाे दुर्घटनामा परि १ जनाकाे मृत्युसँगै अन्य ४ जना घार्इते भएका छन्।

गर्भवती महिलालार्इ चिलढालेबाट थारमारे तर्फ ल्याउने क्रममा रा १ झ १३७ नम्बरकाे एम्बुलेन्स अाग्रीखाेला दुर्घटनामा परेकाे प्रहरीले जनाएकोछ।

Advertisement

दुर्घटनामा परि मृत्यु हुनेमा बागचाैर नगरपालीका २ चिलढालेकी गर्भबति महिलाकि अामा ४४ बर्षीया जानकी बुढाथाेकी रहेकी छन्।

घार्इतेहरूमा गर्भवती महिला १९ बर्षीया कल्पना चलाउने, ४६ बर्षीया केवल बुढाथाेकी, ३५ बर्षीया डम्बरी बुढाथाेकी र ४० बर्षीया राम बहादुर बुढाथाेकी रहेका छन्।

घार्इतेहरुलार्इ उपचारकाे लागी जिल्ला अस्पताल सल्यान पठाइएकाे छ ।एम्बुलेन्स प्राथमिक स्वास्थ केन्द्र थारमारेको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनायको छ।

More News last news
Loading...