काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा पछिल्लो समय बिकृती आयो भन्नेहरु धेरै छन् । कलाकारहरु लोकसंस्कृति जोगाउन नलागेर युट्युवको म्युज बढाउन तिर लागे भन्ने आरोप निकै सुनिन्छ, तर कुनै कलाकार यस्ता पनि छन् जसले निरन्तर लोकसंस्कृति बचाउने गीत बजारमा ल्याइरहेका छन् ।
नेपाली लोकगीतको बजारमा लामो समयपछि निकै मर्मस्पर्शि गीत बजारमा आएको छ। गायक प्रकाश सपूतको ‘बोल माया’ बोलको लोकगीतले यतिखेर चौतर्फि तारिफ पाइरहेको छ।
धन कमाउन बिदेशीनुको पिडा र सास नफर्किएर घरमा लास फर्किदा घरमा रहेकी कलिलै उमेरकी श्रीमतीको पिडालाई गीतको भिडियोमा निकै प्रष्ट तरिकाले देखाइएको छ । जुन अहिले नेपाली युट्युवको ट्रेन्डिङको तेस्रोस्थानमा आइसकेको छ।
गीतको पुरा भिडियो हेरुन्जेल धेरैको आँखा नरसाउला भन्न सकिदैन । गीतमा उठाइएको बिषय अझैपनि नेपालका थुप्रै ठाउँमा भएका यर्थाथ घटना हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
