सडक दुर्घटनामा १९ मजदुरको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यमा सडक दुर्घटनामा परी कम्तीमा १९ मजदुरको मृत्यु भएको छ ।

शनिबार भावननगर–अहमदाबाद राजमार्गमा भएको दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको संचारमाध्यमले जनाएका छन् ।

Advertisement

सिमेन्टका बोरा लिएर गइरहेको उक्त ट्रकमा सिन्मेटका बोरामाथि बसेर गइरहेका मजदुरको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

गुजरात राज्यको अति व्यस्त सडकमा दुर्घटना भएको यो दुर्घटना पछिल्लो समयमा भएका दुर्घटना मध्ये सबैभन्दा धेरै प्राणघातक भएको अधिकारीले बताएका छन् ।

दुर्घटनामा परी मृत्यु भएका १९ जनामध्ये १२ जना महिला, तीन जना किशोरावस्थाका र चार जना पाका पुरुष रहेका छन् ।

More News last news
Loading...