संजिब कुमार पटेल
झण्डाको अपमान हुँदा सानको कुरा नगर।
मै हुँ राष्ट्रबादी, तिमी उखानको कुरा नगर।
नाकाबन्दी अझै पनि बिर्सेका छैनौं महोदय।
जनकपुर त मेरै हुन, बेइमानको कुरा नगर।
दिनहुुँ सिमा मिचिरहँदा एक शब्द नबोल्ने
ती कुचो समात्ने प्रहरी जवानको कुरा नगर।
जसको देशमा लाखौं करोडौं भिखारी ।
उसैले अर्बौं दिन्छन् अनुदानको कुरा नगर।
हिजोसम्म हामी सबैको जात नेपाली थियोे।
आज पहाडी मधेसी हानाहानको कुरा नगर।
सर्लाही हालः मलेसिया
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
