अत्यधिक बर्षाका कारण आठको मृत्यु

एजेन्सी । अत्याधिक बर्षाका कारण चिनमा आठ जनाको मृत्यु भएको छ ।

चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको हो । त्यस्तै पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन् । चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको बर्षाका कारण मृत्यु हुनेहरुको संख्या आठ पुगेको छ ।

Advertisement

वर्षाले तीन हजार ६९० हेक्टर क्षेत्रफलमा रहेको बालीनाली समेत नष्ट पारेको समाचारमा जनाइएको छ ।

त्यसैगरी युगाण्डामा भइरहेको अत्यधिक बर्षाका कारण डेढ लाख व्यक्ति घरबार बिहीन भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

More News last news
Loading...