काठमाडौं । विश्वकै कान्छा निर्देशक सौगात बिष्ट निर्देशित दोश्रो चलचित्र ‘हैरान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।
कमेडी र एक्सन जनरामा बनेको यो चलचित्र देशभरका ८० हलमा रिलिज भएको छ । चलचित्रमा गजित विष्ट, सत्यराज आचार्य, बुद्धि तामांग, सरोज खनाल, सागल लम्साल, निश्मा घिमिरे, आराही शर्मा, वासिम राजा र शिशिर भण्डारीको अभिनय छ ।
सौगातले यसअघि ‘लभ यू बाबा’ चलचित्र निर्देशन गरेका थिए । ‘हैरान’का लेखक गम्भिर विष्ट हुन् ।
सम्झना पोखरेल कार्यकारी निर्माता रहेको चलचित्रमा सत्य स्वरुप, सन्तोष श्रेष्ठ, राजन ईशान र किरण कंडेलको संगीत छ ।
चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
