काठमाडौँ । ‘बल्छी ध्रुवे’को नामले चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ शुक्रबार विवाह बन्धनमा बाँधिएका छन्। गोर्खा घर भएका श्रेष्ठले लमजुङकी करुणा खड्कालाई दुलही बनाएका हुन्।
पेशाले शिक्षिका करुणासित मरिचमानको केही समयदेखि प्रेम थियो । मरिचमान हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट चिनिएका हुन्। उनी स्टेज कार्यक्रमहरुमा पनि सक्रिय छन्।
उनीहरुविच काठमाण्डौको एउटा मन्दिरमा बिहे भएको हो । काठमाण्डौमा बिहे गरेर गोरखा लगेर उनले दुलही भित्राएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
