काठमाडौं । चलचित्र निर्माता तथा वितरण माधव वाग्ले ठूलो परिणााममा नक्कली नोटसहित पक्राउ परेका छन्। प्रहरीले उनी सहित ६ जनाबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ।
उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिए।
चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको छ । वाग्ले चर्चित चलचित्र ‘लुट’, ‘लुट–२’, ‘छड्के’, ‘रेशम फिलिली’ लगायत चलचित्रका निर्माता तथा वितरक हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
