काठमाडौं । अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले अभिनय गर्ने भएकी छिन्।
अहिले छायांकन भैरहेको यो चलचित्रमा कविताले शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठसँग बिपरीत भूमिकामा काम गर्ने भएकी हुन्। शक्ति र कविताको यो चलचित्र हो।
यो चलचित्रमा अन्य २ रियल लाइफ प्रेम जोडी पनि छन्। नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की, नायक संजोग कोइराला र नायिका बर्षा राउत यो चलचित्रमा मुख्य भूमिकामा छन्।
चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरिरहेका छन्। चलचित्रको कथामा केही मोटी यूवतीको आवश्यकता भएकोले कवितालाई राखिएको चलचित्र निर्माण टिमले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
