साप्ताहिक राशिफल : आज बैशाख ३० आईतबार देखि जेष्ठ ५ गते शनिबारसम्म

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने समय रहेकोछ । मंगलबार बेलुकीबाट बिहिबार साझ सम्मको समय मध्यमय रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) हप्ताको सुरु र अन्तको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । मंगलबार साझबाट बिहिबार सम्मको समय राम्रो रहेकोले राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ ।

Advertisement

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ । मंगलबार बेलुकीबाट समय मध्ययम रहेकोले स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउनेभएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समयले साथ लिने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले औषधि उपाचार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिदा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा पनि बिवाद सिर्जना हुनेछ । लामो दुरिको यात्रा हुने भएपनि कष्टकर नहोला भन्न सकिन्न ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मंगलबार साझ सम्मको समय मध्यमय रहेकोले लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँने तथा घर परिवारमा एक अर्काबिच राए बाजिनेछ । मंगलबार साझबाट समय राम्रो रहेकोले सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेम सफल रुपमा अगाडि बड्ने समय रहेकोछ भने जीवन साथिको सल्लाह लिएर अगाडि बढ्दा नतिजा राम्रो आउनेछ । काममा सबैको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ । घर परिवारमा आफन्तबिच सानो सानो कुरामा बिवाद बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । मंगलबार साझबाट समय मध्यमय रहेकोले काम गर्ने शैली नमिल्नाले पुनह गर्नुपर्नेछ भने समयको ख्याल नगर्दा बिभिन्न अवसरहरु गुम्नेछन् । अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ । शुक्रबारबाट समय मध्ययम रहेकोले दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला । मंगलबार साझबाट समय उत्तम रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक आम्दानि बढ्ने काम सुरु गर्न सकिने समय रहेकोछ । समयमा काम गर्न सकिने हुदा लक्ष्य पहिल्याउन सहज हुनेछ । सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट समयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ । प्रतिष्पर्धिहरु हावी हुनेछन् भने मुद्दा मामिलामा सहभागि नहुनु नै यो साता राम्रो रहनेछ । स्थाई सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मंगलबार साझबाट समय मध्यमय रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । समाजसेवामा समय खर्चने हरुले जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा ईष्टमित्र तथा अग्रज सँग टाडिएर कहिकतै जानु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा आम्दानि भएपनि बचाउन मुस्किल पर्नेछ भने घर जग्गा तथा सवारि साधनको कारोबार बाट भनेजस्तो आम्दानि हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने भएपनि खानपानमा तालमेल नमिल्ला स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ । राजनितिमा आलोचनात्मक समर्थन प्राप्त हुनेछ । मंगलबार साझबाट बिहिबार सम्मको समय राम्रो रहेकोले अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ । शाहष तथा पराक्रममा बृद्धि हुने हुनाले खेलकुद तथा यस्तै क्षेत्रमा प्रगति गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

तपाईको साता शुभ रहोस ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

More News last news
Loading...