काठमाडौँ । प्यूठानको बडडाँडास्थित पाकुरी खोलमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
महेन्द्रनगरबाट प्यूठानको खलंगाका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस आज बिहान प्यूठानको बडडाँडास्थित पाकुरी खोला नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ।
प्रहरीले ३ महिला र २ पुरुषको मृत्यु भएको पुष्टी गरेको छ। र्दुटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। दुर्घटनास्थिलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
