भारतीय योग गुरु बाबा रामदेश पूर्व मुख्यमन्त्री लालू यादवलाई भेट्न उनको निवासमा पुगेका छन्।
रामदेवले लालूका ठूलो छोरा तेजप्रताप तथा हुन लागेकी बुहारी ऐश्वर्यालाई आशिर्वाद दिएका थिए। ऐश्वर्या राजद नेता चन्द्रिका रायकी छोरी हुन्। रामदेवले उनका परिवारका अन्य सदस्यसँग पनि भेटवार्ता गरेका थिए । तेजप्रतावको विवाह आजको लागि तय भएको छ।
शुक्रबार लालूसँग भेटपछि रामदेवले आफूले लालूलाई योग गर्न सल्लाह दिएको बताउ । लालूले भने एक जना ट्रेनरको व्यवस्था गरिदिन रामदेवसँग आग्रह गरेका थिए। लालु यादवको परिवारले खुसीको खबर पाएका थिए । झारखण्ड अदालतले लालूको उपचारको लागि ६ हप्ताको जमानत दिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
