काठमाडौं । अभिनेत्री दीपाशिखा खड्काले हालै मात्र केश मुण्डन गरेको तस्बिर सार्वजनिक भएको छ।
आफै लगानी गरेर सिनेमा ‘प्रेमलीला’ बनाइरहेकी अभिनेत्री दीपशिखाले कपाल मुण्डन गर्नुको कारण भने खुलाएकी छैनन् । सिनेमाको छायाकंन चल्दै गर्दा उनले कपाल खौरिएकी हुन् । यस हिसाबले भने हामी उनले सिनेमाकै लागि कपाल खौरिएको बुझ्न सक्छौँ । यो सिनेमामा कथा समेत उनकै छ ।
त्यसो त यसरी कपाल मुण्डन गर्ने दीपाशिखा पहिलो महिला सेलिब्रेटी हैनन् । यसअघि पनि केही अभिनेत्री र गायिकाले केश मुण्डन गरेका छन्। अभिनेत्री निशा अधिकारीले रहरै रहरले दुई पटक केश मुण्डन गरेकी छिन् भने उता अभिनेत्री मनिषा कोइरालाले क्यान्सर भएपछि बाध्यताले ।
निशाले दुईपटक मुण्डन गरिन्
अभिनेत्री निशा अधिकारी यतिबेला आमा बन्ने तरखरमा छन् । गर्भवती भएपछि अमेरिका हान्निएकी निशा अमेरिकामै आमा बन्ने तयारीमा छिन्। झण्डै तीनवर्ष अघि पहिलो पटक केश मुण्डन गरेकी निशाले यस पटक फेरि मुडुलो हुन मन लागेर केश मुण्डन गरेकी छिन्।
केश मुण्डन गरेपछि उनले भनेकी छिन्, ‘कपाल होस् या नहोस् । लामो होस् या छोटो होस् । रंग्याएको होस् या नहोस् मलाई फेरि मुडुलो हुन मन लाग्यो । एक पटक होइन दुई पटक भएँ । मलाई मेरो बाबाआमाले माया गर्नुहुन्छ । मेरो श्रीमान्ले मलाई कपालबिना पनि राम्री देख्नुहुन्छ ।’
निशाले किक्रेटर शरद भेस्वाकरसँग केहीमहिना अघि मात्रै लगन गाँठो कसेकीहुन् । उनी विवाहलगत्तै आमा बन्ने तयारीमा छिन् ।
क्यान्सरका कारण मनिषा भइन् मुडुलो
अर्की अभिनेत्री मनिषा कोइराला पनि पूर्ण रुपमा मुडुलो हुने महिला कलाकारमा पर्छिन् । ६ वर्षअघि मनिषालाई क्यान्सरका कारण मुडुलो बन्नु परेको थियो । उनले शरीरमा किमो चढाएपछि हल्का कपाल झर्दै गएका कारण पछि पूर्ण रुपमा मुडुलो नै बनाएकी थिइन् । क्यान्सर निको भएपछि भने मनिषाको कपाल बिस्तारै पलाउँदै गएको छ ।
कलाकारको लागि मनिषा पोखरेलले खौरिइन् कपाल
यस्तै गायिका मनिषा पोखरेलले कलाकारको उज्वल भविष्यको लागि भन्दै केही वर्षअघि केश मुण्डन गरेकी थिइन् । उनले देशमा शान्ति र सम्पूर्ण कलाकारप्रति समर्पित गरेकी हुँ भन्दै केश मुण्डन गरेको बताएकी थिइन् ।
त्यसबखत कलाकारिताको सम्पूर्ण विधाले उनको यो कदमलाई समर्थन गरेको थियो । नेपाली गीत संगीतमा जमेकी मनिषाले केही हिन्दी गीतसमेत गाएकी छिन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
