एजेन्सी । इन्टरनेट ‘सेन्सेशन गर्ल’ का नामले परिचित ढिंचेक पूजा एकपल्ट फेरि चर्चामा आएकी छिन्।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दुई वर्षपछि फर्र्किएको चेन्नई सुपर किंग्स(सीएसके) का लागि उनले एउटा गीत गाएकी छिन्। जुन गीतको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भैरहेको छ।
पूजाले सीएसकेका लागि हिन्दीमा र्याप गीत गाएकी छिन् । उनले ‘सीएसके विल विन’ भन्दै सीएसकेका खेलाडीलाई ‘शेर’ भनेकी छिन्। भिडियोमा सिंहसँगै देखिएकी पूजाले यसपटकको आईपीएल ट्रफी सीएसकेले जित्ने दावी गरिरहेकी छिन्। सीएसकेको अफिसियल लोगोमा सिंह चिन्ह रहेको छ।
हरियाणाकी ढिंचेक पूजाले गाएका गीत ‘स्वेग वाली टोपी’, ‘सेल्फी मैने ले ली हे’ तथा ‘दिलोका शूटर’ निकै नै लोकप्रिय भएका थिए।
आईपीएलको यो सिजनमा सीएसकेले खेलेका ११ खेलमा ७ मा जित हात पारेको छ । १४ अंकसहित सीएसके अंकतालिकामा दोस्रो स्थानमा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
