एजेन्सी । साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबेरले इरानले आणविक हतियार बनाएमा साउदी अरबले पनि हतियार निर्माण गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको आणविक सम्झौताबाट बाहिरिएपछि इरानले आणविक हतियार बनाएछ भन्ने एकथरीले अनुमान गरिरहेका छन् । त्यस्तो भएमा साउदी अरबले के गर्छ भन्ने प्रश्नमा जुबेरले भने “यदी इरानले आणविक क्षमता हाँसिल गर्यो भने हामी पनि उस्तै क्षमता हासिल गर्नको लागि सम्पूर्ण क्षमता प्रयोग गर्नेछौं ।”
तेलको धनी साउदी अरबले पहिलेदेखि इरानसँग भएको हरेक हतियार आफूले हासिल गर्ने बताउदै आएको छ । मध्यपूर्व एसिया यी दुई क्षेत्रीय शक्तिबीच यमनको सत्ता कब्जा गरेर बसिरहेका हुथी विद्रोहीहरुको विषयमा विवाद बढिरहँदा यो भनाई आएको हो । हुथीहरु सिया सम्प्रदाय भएकाले सियाहरुलाई गणतन्त्र इरानले उनीहरुलाई हतियार दिएर सहयोग गरिरहेको साउदी अरबले आरोप लगाउँदै छ ।
साउदी अरबले हुथीहरुलाई यमनको सत्ताबाट हटाउनको लागि एक क्षेत्रीय गठबन्धनको नेतृत्व गरेर यमनमा बम हमला गरिरहेको छ । साउदी अरबको आक्रमण हुन थालेपछि हुथीहरुले छिमेकी साउदी अरबमा मिसाइल प्रहार गर्न थालेको छ ।
“यी रकेट मिसाइलहरु इरानमा बनेका हुन् र त्यहाँबाट हुथीहरुलाई पठाइएको हो।” जुवियरले सीएनएनसँगको कुराकानीको अबसरमा भने । “हामीले इरानसँग प्रत्यक्ष युद्ध पन्छाउन हदैको कोशिश गरिरहेका छौं । तर इरानको यस्तो व्यवहार जारी रहेका युद्ध घोषणा गरेको मानिनेछ ।” जुवियरले भने ।
बुधबार रियादमा प्रहार गरिएको दुई ब्यालेष्टिक मिसाइललाई साउदी अरबको हवाई प्रतिरक्षा फौजले आकासमै नष्ट गरेको सरकारी सञ्चार माध्यमले बताए । सिङ्गापुरको एस राजारत्नम स्कुल अफ इन्टरनेश्नल स्टडीज्का मध्यपूर्व विज्ञ जेम्स डोर्सीले भने “खासमा साउदी अरबको चिन्ता समस्या समाधानभन्दा पनि इराननै हो ।
उनीहरुले अमेरिकालाई प्रभावमा पारेमा इरानसँगको सम्झैता रद्ध गर्न लगाए । केही अघि साउदी युवराजको अमेरिका भ्रमण यसैमा केन्द्रित थियो । उनीहरु इरानमाथि पुनः नाकाबन्दी शुचारु गरेर इरानको अर्थतन्त्रमा हमला गर्दैछन्।” एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
